Thursday May 2, 2024
BS 2081 Baishak 21
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

अष्ट्रेलियाले वैदेशिक नीति पुनरावलोकन गर्ने, ११३ कुटनीतिज्ञलाई झिकाइयो

Mar 3, 2017 under Australia 90 , Nepalese in Australia 91

अष्ट्रेलिया सरकारले ‘अनिश्चितताको समयमा’ देशको वैदेशिक नीतिलाई नविकरण गर्न दुईदिने सम्मेलनका लागि आफ्ना सबै विदेशी राजदूतहरुलाई क्यानबेरा फिर्ता बोलाउने घोषणा गरेको छ । सम्मेलनलाई ‘ग्लोबल हेड्स अफ मिसन मिटिङ’ नाम दिइएको छ ।

विदेशमन्त्री जुली विसोपले यसै वर्षको उत्तरार्द्धमा जारी हुने वैदेशिक नीतिसम्वन्धी श्वेतपत्र निर्माणमा सरकारलाई सहयोग गर्न अष्ट्रेलियाका सबै राजदूत, उच्च आयुक्त र महावाणिज्य दूतलगायत १ सय १३ वैदेशिक कुटनीतिज्ञहरु क्यानबेरा आउने जानकारी दिइन् ।

विसोपका अनुसार हाल मौलाएको संरक्षणवादको प्रवृत्तिका साथै आतंकवादको परिवर्तनशील अनुहारले सरकारलाई वैदेशिक नीति पुनरावलोकन गर्न घच्घच्याएको हो ।

‘उल्लेख्य विश्वव्यापी अनिश्चितताको समयमा अष्ट्रेलियाले आफ्ना वरिष्ठ कुटनीतिज्ञहरुको अनुभव र बौद्धिकताबाट लाभ लिनु वाञ्छनीय छ,’ फेयरफ्याक्स मिडियासँग बुधबार विसोपले भनिन् । यो सम्मेलनले विश्वमा अष्ट्रेलियाका प्रभाव र अडानलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

सबै दूतहरुले अष्ट्रेलियाको भावी वैदेशिक नीतिका लागि योजना तर्जुमा गर्न दुई दिनको अवधिमा विदेशमन्त्री विसोप, प्रधानमन्त्री माल्कोम टर्नबुल र व्यापार तथा लगानीमन्त्री स्टिभ किओबोसँग भेट्ने कार्यक्रम छ । दुईदिने सम्मेलनका लागि ११ लाख अष्ट्रेलियन डलर (आठ लाख ४० हजार अमेरिकी डलर) खर्च हुने अनुमान गरिएको छ तर यो वार्षिकरुपमा वा नियमितरुपमा आयोजना हुने अपेक्षा छैन । यसअघिको वैदेशिक नीतिसम्वन्धी श्वेतपत्र सन् २००३ मा होवार्ड सरकारले जारी गरेको थियो ।

विसोपको भनाईमा यो श्वेतपत्रले हालै उब्जेका फुटकर घटनाहरुमाथि प्रतिक्रिया जनाउने मात्र नभएर राष्ट्रिय हितका पक्षमा वृहत रणनीतिक योजना निर्माणमा केन्द्रित हुनेछ ।

No news.
Australian Dollar to Nepalese Rs